सुनचाँदीको भाउ फेरि आज बढ्यो


काठमाण्डौँ,चैत्र ९
सुनको भाउ आइतबार तोलामा एक हजार रुपैयाँले बढेको छ ।सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएको शु्क्रबार सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: ९ चैत्र २०७६, आइतबार