आज भारतमा जनता कर्फ्यु


 


भारतमा आज जनता कर्फ्यु लगाइएको छ। कोरोना भाइसविरुद्ध लड्नका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै आज जनता कर्फ्युको घोषणा गरेका थिए।

सोही अनुसार आज विहान ७ बजेदेखि बेलुका ९ बजे सम्म कर्फ्यु लाग्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कर्फ्युका कारण सडक सुनसान छन्। जनता पनि घरबाट बाहिर निस्किएका छैनन्।

केन्द्र सरकारको निर्णय अनुसार आज भारतभर कर्फ्यू लागेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडभाड हुँदा कोरोनाका संक्रमण हुँदा भाइरस सर्ने भन्दै घरबाट बाहिर ननिस्किन अपिल गरेका छन्।

भारतमा कोरोनाका कारण ५ जनाको ज्यान गएको छ भने ३ सय भन्दा बढी संक्रमित भएका छन्।

प्रकाशित मिति: ९ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्