भारतमा २४ घन्टामा ८३ जना संक्रमित थपिए, आज ‘जनाता कर्फ्युु


 



काठमाडौं, चैत ९
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गइरहेको छ। पछिल्लो २४ घन्टाभित्रमा मात्रै ८३ जना नयाँ संक्रमित थपिएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट भारतमा ३ सय ३२ जना संक्रमित छन् भने अहिलेसम्म ५ जनाको मृत्यु भएको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतको केन्द्रीय सरकारले आजदेखि कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु बिहान ७ बजेदेखि राति ९ बजेसम्म चल्ने बताइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिनअघि देशबासीको नाममा सम्बोधन गर्दै आजदेखि ‘जनता कर्फ्युु’ लागू गर्ने बताएका थिए।

प्रधानमन्त्री मोदीले भारतीय नागरिकलाई आफ्नो घरबाट बाहिर ननिस्किन आग्रह गरेका छन्।

प्रकाशित मिति: ९ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्