कोरोनाबाट मृतकको संख्या १३ हजार, संक्रमितको संख्या ३ लाख नाघ्यो


 


एजेन्सी, चैत्र ९
कोरोनाका कारण मृत्यु हुनेको संख्या संसारभर १३ हजार ३२ पुगेको छ । त्यस्तै संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ । जोन्स हपकिन्स विश्वविद्यालय तथा मेडिसिन कोरोना भाइरस रिसोर्स सेन्टरलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ ।

चीन, इटली र त्यसपछि स्पेनमा सर्वाधिक धेरै संक्रमित देखिएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या भने इटली, चीन र ईरानमा छ । इटलीमा शनिबारसम्म ५३ हजार ५ सय ७८ मा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट ३ सय २ जनाले ज्यान गुमाइसकेका छन् । बेलयातमा पनि यसबाट संक्रमित हुनेको संख्या ५ हजार १८ पुगेको छ भने २ सय ३३ जनाले ज्यान गुमाइसकेका छन् । कोरोनाको बढ्दो महामारीसँगै विश्व अर्थतन्त्र धरासायी हुने जोखिम विज्ञहरुले औल्याएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: ९ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्