युवा पनि कोरोना भाइरसको उच्च जोखिममा, के भन्छ डब्लूएचओ ?
काठमाडौँ, चैत ९
युवाहरूमा पनि कोरोनाभाइरस सङ्क्रमणको जोखिम उच्च रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ ।
वृद्ध र बढी खतरामा रहेका मानिसहरूसँगको भेटघाट र कुराकानीमा सावधानी अपनाउन डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले आग्रह गरेका छन् । उनले युवाहरुको रोग प्रतिरोधात्मक क्षमता कोरोना भाइरसबाट मुक्त नभएको बताए ।
हालसम्म विश्वका १८५ मुलुकमा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण भेटिएको छ । महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणका कारण विभिन्न मुलुकका १३ हजार बढीको मृत्यु भइसकेको छ । एजेन्सी
प्रकाशित मिति: ९ चैत्र २०७६, आइतबार