दुई घण्टापछि सिल्क एयरबाट झारियो यात्रु , १ जना क्वारेनटाइनमा


 


काठमाडाैँ, चैत्र ९
प्रतिबन्धित मुलुकको यात्रु लिएर काठमाडौं आएपछि सिल्क एयरको विमानबाट अवतरण गरेकाे २ घण्टापछि मात्र यात्रु ओर्लिएकाे छ। सिल्क एयरमार्फत सिंगापुरबाट काठमाडौं आएका यात्रुमध्ये १ जनालाई क्वारेनटाईनमा पठाइएकाे छ।

`केही प्राविधिक समस्या कारण यात्रुलाइ तुरून्त झारिएकाे थिएन ´ वरिष्ठ अध्यागमन सहायक प्रमुख योगराज रजौरे भने । विमानमा एक जना यात्रु रोक लगाइएको देशबाट परेको कारण यात्रु झार्न समस्या परेकाे थियो । नेपाली मुलका नेदरल्याण्डको नागरिकलाई लिएको कारण समस्या परेको उनले बताए ।

रेस्टिकेट कन्ट्रीको पनि लिएको कारण समस्या परेको हो´ उनले भने १ जनालाई क्वारेनटाइनमा राखेर अन्यलाई छोड्ने कुरा भएको छ ।´ शनिबार राति प्रतिवन्धित देश नेदरल्याण्डको प्यासेन्जरसमेत लिएपछि सबै यात्रुलाई करिव २ घण्टा विमान भित्रै राखिएको थियो ।

शनिबार नै थाई र एयर इन्डियाबाट आएका ६१ जनालाई भने भक्तपुरको खरिपाटी क्वारेनटाइनमा राखिएको छ । प्रतिवन्धित देशबाहेक अन्य देशबाट आएका नागरिकलाई सहज आवत जावत दिइएको विमानस्थल कार्यालयले जनाएको छ । ९ चैत देखि १८ चैतसम्म भने सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाइएको छ ।

प्रकाशित मिति: ९ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्