प्रधानमन्त्री ओलीको सम्बोधनलगत्तै मोदीले गरे प्रशंसा


 


काठमाडौं, ८ चैत्र

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न प्रधानमन्त्री केपी शर्मा ओलीले दश करोड रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी तथा प्रशंसा व्यक्त गरेका छन् ।

नेपालका प्रधानमन्त्री ओलीले उक्त कोषमा सहयोग गर्ने घोषणा गरेलगत्तै मोदीले एक ट्विट पोष्ट गर्दै यस्तो खुशी व्यक्त गरेका हुन् । मोदीले प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध सामूहिक रुपमा लड्नको लागि गरेको योगदान र प्रतिबद्धता सराहनीय रहेको समेत उल्लेख गरेका छन् ।

हिजो (शुक्रबार) साँझ देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सार्कस्तरीय उक्त कोषमा दश करोड सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

गत आइतबार साँझ राष्ट्र सार्कका प्रमुखहरुबीच भएको भिडियो कन्फरेन्समार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्नका लागि कोष स्थापना गर्दै भारतको तर्फबाट १ अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति: ८ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्