युएईमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु


 



युएईमा पहिलो पटक कोरोना भाइरस संक्रमतिको मृत्यु भएको छ । विश्वभर महामारीको रुप धारण गरेको कोरोनाभाइरसका कारण युएईमा पहिलो पटक दुई जना संक्रमतिको मृत्यु भएको हो । युएईमा यसअघि कोरोना संक्रमणबाट मृत्यु भएको थिएन ।

युएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोना संक्रमणबाट भएको मृत्युको पुष्टि गरेको हो । युरोपबाट आएका ७८ वर्षीय साउदी नागरिक र युएई बस्दै आएका ५८ वर्षीय एसियन नागरिकको मृत्यु भएको मन्त्रालयले ट्वीटरमार्फत जानकारी दिएको छ । एजेन्सी

प्रकाशित मिति: ८ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्