गाडी भाडामा ठगी गर्ने २८ जना पक्राउ, यात्रुबाट तेब्बर भाडा असुली


 



काठमाडौं, चैत ८
सार्वजनिक यातायातको टिकटमा ठगी गर्ने २८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
यात्रुसँग तेब्बरसम्म भाडा असुलेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

टिकट काउन्टरका कर्मचारीले सवारीसाधन अभाव देखाएर बढी भाडा असुली गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डीएसपी हविन्द्र बोगटीले बताए।

पक्राउ परेकालाई आइतबार अदालतमा उपस्थित गराइने उनले बताए । टिकट काउन्टर र बसपार्कमा यात्रुको चाप बढेसँगै गाडी ग्यारेजमा राखेर यात्रुसँग बार्गेनिङ गर्ने गरेर बढी भाडा असल्ने गरेको पाएको उनले बताए ।

डीएसपी हविन्द्र बोगटीले गौशाला, सुन्धारा, पुरानो बसपार्क, चाबहिल, बालाजु, कोटेश्वर, कलंकीलगायतका क्षेत्रमा पनि यात्रुसँग बढी भाडा लिने गरिएको गुनासो आएको बताए ।

प्रकाशित मिति: ८ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्