चैत ९ देखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान स्थगित


 


काठमाडौँ, चैत्र ७
कोरोना भाइरसको रोकथाम तथा आम जनतालाई सुरक्षित राख्‍नकाे लागि सरकारले नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने घोषणा गरेको छ ।

आगामी चैत ९ गतेदेखि चैत १८ गतेसम्मका लागि अन्तराष्ट्रिय उडान स्थगित गरिएको हो ।

कोरोनाका त्रास फैलिरहेको बेला सतर्कता अपनाउनका लागि यो निर्णय गरिएको प्रधानमन्त्रीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै जानकारी गराए।

प्रकाशित मिति: ७ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्