कालोबजारी गरे ५ वर्ष कैद हुन्छ : मन्त्री भट्ट


 


काठमाडौँ, चैत्र ७

विश्वभर कोरोना भाइरसले त्रास उत्पन्न भइरहेको बेला नेपाल सरकारले ग्यास, पेट्रोललगायत अन्य उपभोग्य वस्तुमा कालोबजारी गरेका पाँच वर्षसम्म कैद गर्ने निर्णय गरेको छ ।

शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो । मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने निर्णय गरेको हो ।

मन्त्रालय उच्च स्रोतका अनुसार बैठकले ग्यास उद्योगले असहयोग गरे अनुमति खारेज गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: ७ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्