बालिका बलात्कार आरोपी जेल चलान


 


गुल्मी, चैत्र ७
गुल्मीमा बालिका बलात्कार गर्ने एक युवा जेल चलान भएका छन्। केहि दिनअघि बलेटक्सारमा १२ बर्षीया बालिका बलात्कारको अभियोग लागेका ती युवा शुक्रबार पुर्पक्षका लागि जेल चलान भएका हुन ।

फागुन १२ गतेका दिन रुरु क्षेत्र गाउँपालिका– ४ को बलेटक्सारमा १२ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाग्लुङ्ग घर भई बलेटक्सारमा डेरा गरि बस्ने २३ बर्षीय तिलबहादुर बुढा जिल्ला अदालत गुल्मीको आदेशमा कारागार चलान भएका हुन् ।

एक घरमा घरेलु कामदारको रुपमा रहेकी ती बालिकालाई बलात्कार गरेको अभियोगमा बुढालाई कारागार थुनामा पठाइएको त्यस अदालतका श्रेस्तेदार रामशरण लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति: ७ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्