अत्याधिक मदिरा सेवन गर्दा लजमै मृत्यु


 


बुटवल, चैत्र ७
रुपन्देहीकाे एक लजमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सैनामैनामा रहेको हाम्रो अर्घाखांची रेष्टुरेण्ड एण्ड लजमा सैनामैना नगरपालिका–५ का ४८ वर्षका मेघबहादुर खत्रीको मृत्यु भएको रुपन्देहीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिएका छन् ।

खत्रीले अत्याधिक मदिरा सेवन गर्दा मृत्यु भएको प्रहरीको अनुमान छ । शुक्रबार बिहान अचेत अवस्थामा फेला परेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको र उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालले मृत घोषणा गरेको प्रहरी प्रवक्ता खत्रीले बताए ।

अत्याधिक मादक पदार्थ सेवन गरेका कारणले मृत्यु भएको हुनसक्ने प्रवक्ता खत्रीको भनाइ रहेको छ । साथै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्