लक डाउनको तयारीमा सरकार


 


काठमाण्डौँ चैत्र ७

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) को प्रभाव विस्तारित भइरहेका बेला प्रधानमन्त्रीले सरकारको तयारी सुसूचित गराउन सम्बोधन गर्न लागेका हुन् ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँगको छलफलपछि प्रधानमन्त्रीले ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन् । बिहान ११ बजे प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि भेटवार्ता भएको थियो ।

प्रकाशित मिति: ७ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्