भरुवा बन्दुकसहित एक जना पक्राउ


 


काठमाडौं, चैत्र ७
धादिङमा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्लाको सिद्धलेक गाउँपालिका–७ चामडाँडाका ४९ वर्षीय लालबहादुर भुजेललाई एक नाल भरुवा बन्दुकसहित पक्राउ गरिएको सूचना रुपक अधिकारी खड्काले बताए।

हात हतियार तथा गोलीसमेत लुकाइ छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले उनलाई हतियारसहित पक्राउ गरिएको उनले बताए।

प्रकाशित मिति: ७ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्