कोरोनाका कारण इन्डोनेसियामा २५ को मृत्यु


 


एजेन्सी, चैत्र ७
चीनबाट सुरु भइ महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाइरसद्वारा इन्डोनेसियामा संक्रमित २५ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको नोभेल कोरोनाभाइरसबारे जानकारी दिने टोलीका प्रवक्ता अचमाद युरियान्तोले जानकारी दिए ।

बिहिबार इन्डोनेसियामा मा ६ जनाको मृत्यु भएको थियो जसमध्ये पाँचजना राजधानी जकार्ताका थिए भने एक व्यक्ति मध्य जाभाका थिए । कोरोना संक्रमितको मृत्युमा इटालीले चीनलाई उछिनेको छ ।

समाचार एजेन्सीहरुका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ । चीनमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको तुलनामा यो संख्या १५६ ले बढी हो ।

प्रकाशित मिति: ७ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्