विदेशी मुद्राको विनिमयदर कति पुग्यो ?


 


काठमाडाैं, चैत्र ७
पछिल्लो समय अमेरिकी डलरको भाउमा फेरबदल भइरहेको छ । बिहीबार एक डलरको खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ११ पैसामा कारोबार भइरहेको डलरको भाउ शुक्रबार (चैत ७) एकको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमयदरमा उल्लेख गरिएको छ ।

यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ७० पैसा र बिक्रीदर १२९ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १३८ रुपैयाँ १८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८७ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २४ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः


प्रकाशित मिति: ७ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्