एनआईसी एशिया बैंकद्वारा खातावालालाई उपचार वापत १५ लाख रूपैयाँ बिमा रकम भुक्तानी


 


काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधी उपचार बिमाअन्तर्गत १५ लाख प्रदान गरेको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले ४ का दिन उक्त रकम बराबरको चेक अग्रवाललाई हस्तान्तरण गरे ।

महेश अग्रवालले बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोले वापत उक्त रकम प्राप्त गरेका हुन् ।

आफ्नो ओपन हर्ट सर्जरी भएपश्चात सो खाताभित्र घातक रोगहरूको बिमा सुविधाअन्तर्गत खातावालाले बिमा रकम दावी गरेका थिए । यसैगरी बैंकको बिमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहकहरूले बीमा वापतको ८७ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्