के इरान र इटलीले चीनसँगको मित्रताको लागि महँगो मूल्य चुकाउनु परिरहेको छ ?


 


काठमाडाैँ, चैत्र ६
गत वर्षको डिसेम्बर महिनादेखि चीनको वुहानबाट सुरु भएको भनिएको कोभिड–१९ वा कोरोनाभाइरसको संक्रमणले विश्वव्यापी त्रास र अन्योल सिर्जना गराइसकेको छ ।हालसम्म विश्वको १ सय ७६ देशमा यो रोग फैलिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएको छ ।

विश्वभर झण्डै २ लाख २१ हजार २ सय ६८ मानिस उक्त नयाँ रोगबाट संक्रमित भइसकेका छन । ती मध्ये आधाजसोलाई निको भइसकेका विवरण आएका छन। तर मार्च १९ सम्म ८ हजार ९ सय ९७ जनाको मृत्यु भईरहेको छ । काेरोनाभाईरस रोगलाई देखाउदै समाजिक संजाल प्रयोगकर्ताहरूले व्यग्य गर्दै चीनलाई बिआरआइको नाम फेर्न विश्वभरिबाट सुझाव आइरहेको छ ।

चीनले बिआरआइ संगै विश्वभर कोरोना भाइरस पनि छिराएको भन्दै बिरोध शुरु भएको छ । बिरोध स्वरुप विश्वभरका ट्यूटर प्रयोकर्ताहरुले चीनलाई बिआरआइको नाम फेरी “वन बेल्ट वन रोड वन भाइरस राख्न सुझाव दिरहेका छन । समाजिक संजालमा वन बेल्ट वन रोड वन भाइरस प्रचलित भएको छ ।खासगरी चीनिया परियोजना भित्रीयाएको यूरोपली मुलुक इटालीमा कोरोनाबाट गम्भीर रुपमा क्षती पुर्याएकोले बीआरआइ संगै वन बेल्ट वन रोड वन भाइरस जोडिएको हो ।

चीनले कोरोना महामारीको समाप्तीको घोषणा गरेपनि उसको घोषणामाथी भरोसा गर्न सकिने आधारहरु छैन।यस्तो अबस्थामा चीनले बिआरआइ परियोजना जारी राखे कामदारमार्फत विश्व कोरोनाको चपेटामा पर्दै जाने निश्चित छ ।

अहिले कोरोनावाट सबैभन्दा बढी चीनमा नै मृत्युभएको पुष्टि भएका छन । मानिसहरूलाई आचर्य मान्नु पर्ने कुरा के छ कि इटाली र इरान यस प्रकोपमा दोस्रो र तेस्रो नम्बरमा परिसकेको अवस्था छ समाजिक संजाल प्रयोगकर्ताहरूले भनेका छन् कि इरान र इटाली दुबै मुलुक भौगोलिक रूपमा यस प्रकोपको केन्द्रबाट टाढा रहेपनि बेइजिङ्ग संगको नजिकको सम्बन्धका कारण उनिहरु पिडित भएको जनाएको छ। (एजेन्सीको सहयोगमा )

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्