कार्यबाहक गर्भनरमा शिवाकोटी


 


काठमाडाैँ, चैत्र ६
नेपाल राष्ट्र बैंकको कार्यबाहक गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई दिइएको छ। सरकारले तत्काल केही समयकाे लागि शिवाकोटीलाइ कार्यबाहक गर्भनरको जिम्मेवारी दिइएको हो।

मन्त्रीस्तरीय निर्णयबाट अर्काे व्यवस्था नभएसम्मका लागि शिवाकोटीलाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिइएको हो। यसअघिका गभर्नर चिरञ्जीवी नेपालको पाँचवर्षे कार्यकाल समाप्त भएपछि अर्थ मन्त्रालयले बुधबारदेखि लागू हुने गरी अर्काे व्यवस्था नभएसम्मका लागि शिवाकोटीलाई कामु गभर्नरको जिम्मेवारी दिएको जनाइएको छ।

सरकारले साबिकका गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै समिति बनाएर नयाँ गभर्नरको नाम सिफारिस गर्नुपर्ने प्रावधान रहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको स्थास्थ्य अवस्थाका कारण मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन।

अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारण नयाँ गभर्नर नियुक्त गर्न समय लाग्ने भएकाले अर्को व्यवस्था नभएसम्मका लागि शिवाकोटीलाई कार्यबाहकको जिम्मेवारी दिइएको हो। नयाँ गभर्नर नियुक्त गर्न गठित समितिले तीनजनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषदले तीमध्ये एकजनालाई गभर्नर नियुक्त गर्नेछ।

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्