कोरोनाको सन्त्रास: इरानमा थप १० हजार कैदी रिहा हुने


 


काठमाडौँ, चैत्र ६
चीनको वुहानबाट सुरु भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरस काेभिड–१९ काे चपेटामा १७३ देशमा परेको छ। कोरोना भाइरसकै संक्रमणबाट ८ हजार ९ सय ४३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म २ लाख १८ हजार ७ सय २१ जनामा संक्रमण देखिएको छ । साेही क्रममा कोरोना भाइरस रोकथामको गर्नको लागि इरान सरकारले कैदी जीवन वसेका थप व्यक्तिलाई रिहा गर्ने भएको छ ।

सर्वोच्च नेता आयतुल्लाह खमेनीले माफी दिएपछि थप १० हजार जना कैदीलाई रिहा गर्न लागेको हो । इरान सरकारले गत मंगलबार मात्र झण्डै ८५ हजार कैदी बन्दीलाई रिहा गरेको त्यहाँको सञ्चारमा माध्यममा उल्लेख गरिएको छ । थप कैदीलाई रिहा गर्नको लागि सबै प्रक्रिया पूरा गरेर शुक्रबारसम्म थप रिहा हुने समाचारमा उल्लेख छ ।

कोरोना भाइरसको संक्रमणबाट चीन र इटलीपछि इरान बढी प्रभावित भएको छ । इरानमा हालसम्म १ हजार १ सय ३५ जनाको मृत्यु भइसकेको छ भने १७ हजार ३ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ७ सयभन्दा बढी उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्