अमेरिकी डलर र ओमानी रियाल केही बढ्यो


 


काठमाण्डौ,चैत्र ६

बिहीबार अमेरिकी डलर र ओमानी रियालको भाउ केही बढेको छ । अरु मुद्राको भाउ भने आज केही घटेको छ ।नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एककोे खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ११ पैसा तोकेको छ ।

हिजो डलर एककोे खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०९ पैसा रहेको थियो ।साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा थियो ।

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको थियो ।यस्तै, आज ओमानी रियाल १ को खरिददर ३१० रुपैयाँ ३४ पैसा तोकेको छ ।

हिजो खरिददर ३०८ रुपैयाँ ८९ पैसा तोकेको थियो ।आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा रहेको थियो ।मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २५ पैसा तोकेको छ ।

हिजो खरिददर २७ रुपैयाँ २४ पैसा र बिक्रीदर २७ रुपैयाँ ३७ पैसा रहेको थियो ।कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३८२ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ०५ पैसा तोकेको छ । हिजो खरिददर ३८२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ६० पैसा तोकिएको थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३१३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ४४ पैसा तोकेको छ । हिजो खरिददर ३१३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३१५ रुपैयाँ ३९ पैसा रहेको थियो ।

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्