कोरोनाका कारण इटालीमा एकै दिनमा ४७५ को मृत्यु


 


काठमाडौं, चैत्र ६
कोरोनाभाइरसको सबैभन्दा बढी मारमा परेको चीन त्यो संक्रमणमाथि नियन्त्रण गर्दै यतिखेर सामान्य अवस्थातिर फर्कने तरखर गर्दैछ । तर ठीक यतिनै बेला त्यो संक्रमणको भीषण मारमा चाहिँ युरोपेली देश इटाली परेको छ । इटालीमा बुधबार एकै दिनमा कोरोनाभाइरसको कारण ४७५ जनाको मृत्यु भएको छ ।

यतिखेर कोरोनाभाइरसको महामारीको कहर युरोपमा बढी केन्द्रीत भएको छ र त्यसको सबैभन्दा ठूलो शिकार इटाली भएको छ । यो लेख्दासम्म इटालीमा २ हजार ९ सय ७८ जनाको मृत्यु भइसकेको छ । अहिले इटालीमा ३५ हजार ७ सय १३ जना यो संक्रमणको शिकार भइसकेका छन् ।

त्यसो त इटालीमा संक्रमितमध्ये ४ हजार २५ जना निको पनि भइसकेका छन् । जोन हप्किन्स युनिभर्सिटीका अनुसार यतिखेर संसारभरिमा यो भाइरसले २ लाख १ हजारलाई संक्रमित गरिसकेको छ भने यसकै कारण ८ हजार जनाको मृत्यु भइसकेको छ । त्यसो त विश्वव्यापी रुपमा संक्रमितहरुमध्ये ८३ हजार जना निको पनि भइसकेका छन् ।

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्