किन गरिन् सुजाता कोइरालाले यस्तो निर्णय ?


 


काठमाण्डौ,चैत्र ६
कांग्रेस नेतृ सुजाता कोइरालाले पदीय दुरुपयोग गरी आफ्नी विदेशी नागरिक छोरीलाई गैरआवासीय नेपालीको परिचयपत्र दिलाएको खुलेको छ ।

बंगलादेशी नागरिक रुवेल चौधरीसँग सम्बन्धमा रहेकी छोरी मेलानी रोशा जोष्टलाई परराष्ट्र मन्त्रालयको तर्फबाट यस्तो परिचयपत्र उपलव्ध गराइएको हो ।

आफू परराष्ट्रमन्त्री भएका बेला उनले सन् २०१० को फेब्रुअरी ८ देखि सन् २०२० को ७ फेब्रअरीसम्मका लागि परिचयपत्र दिइएको घटना र विचार साप्ताहिकले लेखेको छ ।

रुवेल नेपालमा कल वाइपास गराएको अभियोगमा मोष्ट वाण्टेडको सूचीमा छन् । रुवेल र सुजातापुत्री मेलानी हाल बेलायतमा बस्छन् । (घटना र विचार साप्ताहिकबाट)

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्