आज सबै अदालतमा बिदा


 


काठमाण्डौ,चैत्र ६

आज सर्वाेच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिइएको छ । पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको बुधबार भएको असामयिक निधनप्रति समवेदना प्रकट गर्दै सर्वोच्च अदालतको पूर्ण बैठकले उहाँको शोकमा बिहीबार अर्थात आज सम्पूर्ण अदालत तथा न्यायाधिकरण बन्द गर्ने निर्णय गरेको हो ।

धनकुटा जिल्लामा १९८९ साल चैत ३० गते जन्मनुभएका श्रेष्ठ न्याय सेवामा शाखा अधिकृत, उपसचिव, अञ्चल न्यायाधीश र मुख्य न्यायाधीश हुँदै २०४८ साल भदौ २४ गते प्रधानन्यायाधीश हुनुभएको थियो ।

उहाँ उमेर हदका कारण २०५४ चैत २९ गते सेवानिवृत्त हुुनुभएको थियो । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले निकाल्नुभएको प्रेस विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनले न्याय र कानुनका क्षेत्रमा अपूरणीय क्षति भएको र देशले देवानी कानुन क्षेत्रका विशेष दख्खल राख्ने एक निर्भीक, अत्यन्त मिलनसार र मृदुभाषी व्यक्तित्व गुमाएको उल्लेख छ ।

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्