कास्की अदालतका श्रेस्तेदार घुससहित पक्राउ


 


कास्की, चैत्र ५
जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुलीलाई ३० हजार रुपैयाँ घुससहित बुधबार राति पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पराजुलीलाई पूर्व सूचनाकाे अाधार पक्राउ गरेकाे हाे। पोखरा महानगरपालिका-५ पर्स्याङको मदिरा पसलबाट उनी उक्त घुस रकमसहित पक्राउ परेका हुन्।

अख्तियारको पोखरास्थित कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालले पराजुली पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै उपसचिवसमेत रहेका पराजुलीले घुस मागेका थिए।

सुरुमा पराजुलीले ५० हजार रुपैयाँ घुस मागेको खुलेको छ। तर बार्गेनिङका क्रममा ३० हजारमा कुरो मिलेपछि उनी घुस लिन रेस्टुरेन्टमा पसेका थिए।  घुससहित पक्राउ परेका पराजुलीको कास्की जिल्ला अदालतबाट सर्वोच्च अदालत काठमाडौंमा सरुवा भइसकेको थियो। पटक पटक विवादमा मुछिएका उनी रमाना पनि बुझेर काठमाडौं हिँड्ने बेला पक्राउ परेका हुन्।

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्