मास्ककाे कालाेबजारीमा संलग्न चिनियाँ नागरिक पक्राउ, छुटाउन दूतावासकाे दबाव


 


काठमाडौं, चैत्र ५
प्रहरीले माक्सको कालोबजारी गर्ने चिनियाँ नागरिकसहितकाे एक समूहलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार काठमाडौंको ठमेलबाट १० हजार थान माक्ससहित चिनियाँ नागरिकसहितकाे समूहलाई पक्राउ गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासले बजारमा माक्सको अभाव सिर्जना भइरहेका बेला चिनियाँ नागरिकसहितकाे उक्त समूहले कालोबजारी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नेपालीसहितको यो समुह संग सादा पोसाकका प्रहरीनै ग्राहक बनेर पछयाउदै (फलो गर्दै ) उक्त समूहसम्म पुगेको थियोे । उक्त समुहको मुख्य नाइके चिनियाँ नागरिक नै थिए । प्रहरीले चाइनिजलाई छक्याउन चाइनिज भासा जान्ने लाई नै प्रगोग गरेको थियो । १६ लाख रुपैयाँ नगद सहित एक जना मात्रै सामान लिन बोलाएर सो समूहले समान(माक्स) पनि नदिइ नगद लुट्न प्रयास गरेको थिए । यो समुह कालोबजारी मात्रै होइन लुटपाटमा समेत सकृय रहेको हुनसक्ने अनुमान गरिएकाे छ ।

तर काठमाडाैँ प्रहरी परिसरका एक प्रहरीले अधिकारीले यस विषयमा अाफुलाइ केही जानकारी नभएकाे बताए।

कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ दफा ५ बमोजिम बजारमा कुनै मालको कृत्रिम अभाव हुने गरी सो मालको मुल्य वृद्धि गराएर अनुचित नाफा लिई बजारमा विक्री गर्ने डिलर वा एजेन्टलाई १० वर्ष कदै वा जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रहरीले बरामद गरेको माक्सलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७५ को दफा २७ अनुसार हालको बजार मूल्यमा बिक्री गर्न महान्यायाधिवक्ता आग्निप्रसाद खरेलले निर्देशन दिएका थिए। यसैबीच, पक्राउ परेका चिनियाँ नागरिकहरुलाई छुट्टाउन चीनिया दूतावासले महानगरीय प्रहरी परिसरलाई दबाब दिइरहेको स्रोतको दाबी छ ।

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्