सरकारकाे निर्णय: काेराेना राेक्न कर्फ्यु घोषणा


 


काठमाडौं, चैत ५
चीनबाट सुरु भइ महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाइरसविरुद्द सतर्कता अपनाउँदै श्रीलंकाकाे सरकारले कर्फ्यु घोषणा गरेको छ । काेराेनाकाे संक्रमण राेक्न भन्दै श्रीलङ्काको प्रहरीले बुधबार केही ठाउँमा कर्फ्यु घोषणा गरेको हाे।

देशको पुत्तालम जिल्ला नेगोन्बो बन्दरगाहमा कर्फ्युको आदेश दिइएको अधिकारीले जनाएका छन् । प्रहरीले जारी गरेको सूचनाअनुसार बुधबार दिउसो ४ः३० बजेदेखि नै लागु हुनेगरी कर्फ्यु आदेश जारी भएको हो ।

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कफ्र्यू आदेश जारी गर्नुपरेको अधिकारीहरुले जनाएका छन् । कर्फ्यु लगाएको क्षेत्रमा इटलीबाट फर्केका व्यक्ति धेरै रहेका प्रहरीको भनाइ रहेको छ ।

चीनको वुहानबाट फैलिएको कोरोना विश्वका १६३ देशमा फैलिएको र भारतमासमेत तीन जनाको मृत्यु भइसकेको अवस्थामा श्रीलंकाकाे सरकारले यस्ताे निर्णय गरेकाे हाे।

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्