विमानस्थलबाट तीन लाख भारुसहित भारतीय नागरिक पक्राउ


 


जनकपुर – जनकपुरधाममा लाखौं भारुसहित भारतीय नागरिक पक्राउ परेका छन्।

जनकपुर विमानस्थलबाट तीन लाख भारतीय रुपैयाँसहित भारतको मुज्जफरपुर थाना काँटी ग्राम पञ्चायत वडा नम्बर ९ बस्ने २० वर्षीय शिवम कुमार पक्राउ परेका हुन्।

मंगलवार दिउँसो १ बजे श्री एयरलाइन्सबाट काठमाडौं जान लागेका यात्रुहरुलाई जाँच गर्दा प्रहरीले शिवम कुमारलाई उक्त भारु रुपैयाँसहित पक्राउ गरेको हो।

प्रहरीले चेकजाँच गर्ने क्रममा शिवमको शरीर तथा उनले बोकेको झोलाबाट २ हजारका १५० थान नोट बरामद गरेको छ।

आवश्यक कारबाहीको लागि बरामद गरिएको रकमसहित शिवमलाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्