दश लाख भारुसहित दुई भारतीय नागरिक पक्राउ


 


काठमाडौं, चैत ५
मकवानपुरमा करिब दश लाख भारु रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। हेटौडा उप-महानगरपालिका वडा नं. १५ स्थित पुर्व पश्चिम राजमार्ग अर्न्तगतकाे सडक खण्डबाट भारत बैरातपुर जिल्ला पैरोसव बस्ने ३१ वर्षीय बिजय चौधरी र नहेटी जिल्ला ग्राम पञ्चायत माउत पुर बस्ने ३८ वर्षीय शंकर सरकार उक्त अवैध रुपैयाँसहित पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी निरिक्षक अरुण कुमार कुशवाहासहितको प्रहरी टोलीले बुधबार बिहान पश्चिमबाट बिरगंजतर्फ जाँदै गरेको डब्लु बि २३ इ २३३३ नं. को भारतीय बोलेरो गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा  ९ लाख ९९ सय हजार भारु रुपैयाँसहित उनीहरुलाई  पक्राउ गरेकाे हाे।

बरामद भारतीय रुपैयाँसहित पक्राउ परेका चौधरी  र सरकारलाई आवश्यक कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेकाे मकवानपुरका प्रहरी प्रमुख एसपी सुशिल सि‌ंह राठाैरले बताए।

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्