अमेरिकाका सबै राज्यमा कोरोना भाइरसको संक्रमण, १११ जनाको मृत्यु


 


काठमाडौं, चैत ५
चीनबाट सुरु भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरसको संक्रमण अमेरिकाका सबै राज्यमा देखिएको छ । समाचार संस्था सीएननका अनुसार कोरोना भाइरसको संक्रमण सबै ५० राज्यमा देखिएको छ भने १ सय ११ जनाको मृत्यु भएको छ ।

वेष्ट भर्जिनियामा मंगलबार एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि अमेरिकाका सबै राज्यमा कोरोनाको संक्रमण फैलिएको हो । अमेरिकामा अहिलेसम्म झण्डै ६ हजार ४८६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

अमेरिकाले संक्रमण फैलिँदै गएपछि त्यसलाई रोक्नका लागि बजार बन्दसहित भिडभाड नियन्त्रण गर्ने प्रयास गरेको छ । त्यहाँ राष्ट्रिय संकटकाल समेत घोषणा गरिसकिएको छ ।

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्