दुई सय ट्रक नाकामै रोकियाे


 


काठमाडौं, चैत ५
चीनबाट फलफूल बोकेर आएका दुई सय ट्रक रसुवाको केरुङ नाकामा एक महिनादेखि रोकिएका छन् । चीनमा देखिएको कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि सरकारले केरुङ नाका बन्द गरेसँगै फलफूल लिएर आएका ट्रक अलपत्र परेका हुन् ।

नाका बन्द भएपछि फलफूल, लत्ताकपडालगायतका अन्य सामान बोकेर आएका गाडी नाकामा रोकिएका छन् । फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले स्याउ र लसुन बोकेर आएका दुई सय ट्रक एक महिनादेखि लिने ? भन्दै प्रश्न गरे ।

लामो समयसम्म सामान नाकामा रोकिँदा नष्ट हुने भएकाले जतिसक्दो सामान छुटाउनका लागि पहल गर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको व्यवसाष्ीको भनाई छ । यो खबर आजको कोरोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छिन् ।

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्