नेकपाले महरा प्रकरणमा खोलेन मुख, राजनीतिक यात्रा अझै अन्योल


 


काठमाडौं, चैत ५
आफ्नै सचिवालयकी महिला कर्मचारीले यौन दुर्व्यवहारको अभियोग लगाएर सफाइ पाए पनि नेकपाले कुनै प्रतिक्रिया दिएकाे छैन। अभियोग लागेलगत्तै राजीनामा दिन निर्देशन दिएको नेकपाले उक्त प्रकरणमा अहिलेसम्म मुख नखाेल्दा कृष्णबहादुर महराकाे राजनीतिकमा यात्रामा अन्योलता देखिएकाे छ।

महिला कर्मचारीले यौन दुर्व्यवहारको अभियोग लगाएपछि महराको हुँदाखाँदाको सभामुख पद मात्रै गएन, जीवनभर परख गरेर उचालेको राजनीतिक उचाइ गर्ल्यामगुर्लुम्म ढल्यो । पुर्पक्षका लागि डिल्लीबजार कारागारमा एकसय तीन दिन गुजारेका महरालाई काठमाडौं जिल्ला अदालतको आदेशले रिहा भएपछि राहत भन्दा त्रास मिलेको अाकलन हुन थालेकाे छ ।

जिल्ला अदालतको फैसलाबाट २०७६ फागुन १२ गते सफाइ पाएका महरा उत्साहित भए पनि उनी अहिलेसम्म संसद् गएका छैनन् । बरु उनी श्रीमतीसहित आफ्नो निर्वाचन क्षेत्रको दौडाहमा छन् । निर्वाचन क्षेत्रका मतदातामाझ उभिएर महराले भनिरहेका छन्– काठमाडौं जिल्ला अदालतले गरेको फैसला मेरो नभएर जनताको जित हो ।

महरा जिल्ला अदालतको फैसलाबाट बढी नै उत्साहित छन् भन्ने उनका पछिल्ला अभिव्यक्तिले प्रष्ट हुन्छ । तर, महराको राजनीतिक स्थान के हुने भन्नेबारे अझै पनि अन्योल छ । अभियोग लागेलगत्तै राजीनामा दिन निर्देशन दिएको नेकपाले महराप्रकरणमा अहिलेसम्म मुख खोलेको छैन ।

त्यसैले महराको राजनीतिक स्पेसबारे अझै पनि अन्योलता नै छ । त्योभन्दा पनि अर्को गम्भीर मामला के छ भने महराले अझै कानूनी लडाइं लड्नुपर्ने देखिएको छ । स्रोतका अनुसार, काठमाडौं जिल्ला अदालतले पूर्ण सफाइ दिए पनि यो प्रकरण पुनरावेदन गर्ने तयारी गरिएको छ ।

स्रोतका अनुसार, महराको अन्तिम फैसला अझै तयार भएको छैन । अबको केही दिनमै अन्तिम फैसला तयार हुँदैछ । जिल्लाको अन्तिम फैसला तयारपछि ३५ दिनभित्र सरकारवादी मुद्दा पुनरावेदन गर्ने प्रचलन छ । अभियोग लगाउने महिलाले नै बोली फेरेकाले यो मामला यही सुल्झिने कतिपयको अनुमान छ । तर, महराले जिल्लाबाटै पूर्ण सफाइ पाउने सम्भावना छैन ।

स्रोतका अनुसार, ३५ दिनपछि महरास“ग जोडिएको मुद्दा उच्च अदालत पाटनमा लैजाने मनस्थितिमा सरकारी वकिलहरू रहेका छन् । ‘महराले काठमाडौं जिल्ला अदालतबाट पूर्ण सफाइ पाएकाले अब यो मामला यही टुंगिने कतिपयले ठानेका छन्,’ काठमाडौं जिल्ला अदालत स्रोतले भन्यो, ‘महराको मुद्दा कमजोर भए पनि पुनः पुनरावेदन हुन्छ ।’

जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएपछि उनी १०३ दिन डिल्लीबजार कारागारमा बसे । तर, काठमाडौं जिल्ला अदालतले २०७६ फागुन १२ गते सफाइ दिएपछि उनी छुटेका हुन् । साँघुबाट

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्