पाकिस्तानमा कोरोना संक्रमण तीन दिनमा तीन गुणाले बढ्यो


 


काठमाडौं, चैत ५
चीनबाट सुर भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे कोरोना भाइरस (कोभिड–१९)काे संक्रमण भने पछिल्लाे समय पाकिस्तानमा पनि ह्वात्तै बढेकाे छ। काेराेना भाइरसकाे संक्रमण दर पाकिस्तानमा पछिल्लो तीन दिनमा तेब्बरले बढेको अन्तराष्ट्रि सञ्चार माध्यमले जनाएकाे छ।

गत आइतबारसम्म ५३ जनामा संक्रमण पुष्टि भएकोमा बुधबार बिहानसम्म त्यो संख्या २४७ पुगेको छ। तीमध्ये दुई जना भने उपचारपछि निको भएर घर फर्किएका छन्। वर्ल्डओमिटरडटकमका अनुसार पछिल्लो २४ घन्टामा त्यहाँ ६३ जना संक्रमित भएका छन्।

दक्षिण एसियामा सबैभन्दा बढी संक्रमित देखिएको पाकिस्तानमा कोरोना संक्रमणबाट एक जनाको ज्यान गइसकेको छ।

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्