आज नेकपा सचिवालय बैठक बस्दै


 


काठमाण्डौँ,चैत्र ५

काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार अर्थात आज बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो।

प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणपछि नेकपा सचिवालय बैठक पहिलो पटक बस्न लागेको हो। मंगलबार दिउँसो नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफलपछि बैठक बोलाइएको हो।

यसअघिको बैठकले वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेको भनिएको सो निर्णयको कार्यान्वयन के हुने भन्ने अन्योलका बीच बैठक बस्न लागेको हो।

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्