प्रदेश २ को राजधानी तथा नामको विषयमा आज मतदान हुँदै


 


काठमाण्डौँ,चैत्र ४

प्रदेश नम्बर २ को राजधानी तथा नामको विषयमा प्रदेशसभामा आज (मंगलबार) विहान ८ बजेदेखि मतदान सुरुभएको छ ।

प्रदेशको राजधानी जनकपुरधाम राख्ने विषयमा दलहरुको बीचमा सहमति भए पनि प्रदेशको नामको विषयमा सहमती हुन नसक्दा अन्तिम निर्णयका लागी प्रदेशसभामा मतदान हुन लागेको हो।

प्रदेश–२ को प्रदेशसभा सचिवालयमा दर्ता भएको राजधानी तथा नामको विषयमा मतदान हुने भएपछि दलहरुले आ–आपना प्रदेशसभा सदस्यहरुलाई अनिवार्य उपस्थितीका लागि निर्देशन गरेका छन्।

प्रदेशको नाम राख्ने विषयमा समाजवादी पार्टी तथा राजपाले मधेश प्रदेश, नेकपाले जानकी वा जनक प्रदेश तथा नेपाली काँग्रेसले मिथिला–भोजपुरा प्रदेश हुनु पर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराएको छ।

प्रदेश नम्बर २ मा समाजवादी पार्टीका ३०, राजपाका २५, नेकपाको ३२ , नेपाली काँग्रेसका १९ तथा संघीय समाजवादी पार्टीका १ गरेर १ सय ७ जना मतदाता रहेका छन्।

प्रकाशित मिति: ४ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्