किन भइरहेकाे छैन उपसभामुखको निर्वाचन?


 


काठमाडौंचैत्र ४
संघीय संसद प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नेकपाले उपसभामुखको टुङ्गाे लगाएपछि मात्र निर्वाचन प्रक्रिया अगाडि बढ्ने बताए।

‘मैले नेकपाको संसदीय दलको उपनेतासँग कुरा गरेको छु । उहाँले नेकपाले नै यो विषय टुङ्ग्याउनुपर्छ भन्नुभएको छ । नेकपाले टुङ्ग्याएपछि अगाडि बढ्छ,’ सोमबार सिंहदरबारमा भएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख सापकोटाले भने ।

संसदमा बहुमत भएको नेकपाले उपसभामुख कुन पार्टीलाई दिने भन्ने निर्णयअनुसार नै उपसभामुखकाे निर्वाचन प्रक्रिया अगाडि बढ्छ । नेकपाले कसलाई उपसभामुख बनाउने भन्ने टुंगो लगाएपछि मात्र निर्वाचन प्रक्रिया अगाडि बढ्ने सभामुख सापकोटाले जानकारी दिए ।

सभामुख सत्तारुढ नेकपाबाट भएकाले उपसभामुख अर्को पार्टीले पाउनेछ ।

प्रकाशित मिति: ४ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्