सार्वजनिक सवारीमा यौनजन्य दुर्व्यवहार गर्ने ५ सय बढीमाथि कारवाही


 


काठमाडाैँ । सार्वजनिक सवारी साधनमा यौनजन्य दुर्व्यवहार गर्ने ५ सय बढीमाथि कारवाही प्रहरीले कारवाही गरेकाे छ। काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायातलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मैत्री बनाउने उद्देश्‍यले महानगरीय प्रहरी कार्यालय, रानिपोखरीले सुरु गरेको “सेफ्टी पिन अभियान’’ अर्न्तगत ५ सय ४० जनामाथि कारवाही गरिएकाे छ।

गत पौष महिनादेखि हालसम्म सार्वजनिक सवारी साधनमा महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्ध हुने यौनजन्य दुर्व्यवहार र पाकेटमारी गर्ने ५४० जनालाई नियन्त्रणमा लिई कानून वमोजिम कारवाही गरिएको प्रहरीले जनाएकाे छ ।

उपत्यकामा सार्वजनिक यातायात/ स्थानमा हुने पाकेटमारी, महिला बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने यौनजन्य दुर्व्यवहार मुख्य चुनौतीको रुपमा रहेकोले सार्वजनिक यातायात, किनमेल गर्ने तथा मेलापर्व लाग्ने, भिडभाड हुने स्थानहरुमा महानगरीय प्रहरी कार्यालय र महानगरीय प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुर समेतबाट सादा पोशाकमा प्रहरी टोली २०७४ साउन १८ गतेबाट खटिएको छ ।

यस अभियानबाट सार्वजनिक सवारी साधन तथा मेलापर्वहरुलाई व्यवस्थित, सुरक्षित र मर्यादित वनाउदै महिला बालबालिका तथा जेष्ठ नागरिक मैत्री हुँदै गरिरहेको कुरा सयौको संख्यामा भएका कारबाहीबाट देखिएको छ ।

यस अभियानबाट अपराध गतिविधिहरु न्यूनिकरण हुंदै गराइरहेको छ । ५ सय ४० जना मानिसहरुलाई पक्राउ गरिएका मध्ये अश्लिल हर्कत २७ जना, शारिरीक यौनजन्य दुर्व्यवहार ६२ जना, अपशब्द, अश्लिल गाली गलौज १२ जना, पाकेटमारा ८९ जना, लागु औषध लगायत अन्यमा ३५० जना रहेकोमा ६१ वटा मुद्दा दर्ता गरी १४६ जनालाई कानुन बमोजिम कारवाही गरिएको र ३९४ जनालाई सम्झाई बुझाई गरी अभिभावकलाई जिम्मा लगाइएको छ।

प्रकाशित मिति: ३ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्