विरामीको मृत्युपछि आफन्तले कुटे १६ डाक्टर, एक डाक्टरकाे अवस्था गम्भीर


 


काठमाडौं, चैत ३
अस्पताल उपचारार्थ बिरामीको मृत्युपछि आफन्तहरूले डाक्टरमाथि कुटपिट गरेका छन् । भैरहवाको युनिभर्सल मेडिकल कलेजमा सोमबार नवलपरासी बर्दघाटकी बिरामी यमकुमारी बुढामगरको मृत्यु भएपछि आफन्तहरूले १६ डाक्टरमाथि कुटपिट गरेका हुन् ।

आक्रोशित बनेका आफन्तले डाक्टरमाथि नै आक्रमण गरेपछि एक डक्टरकाे आवस्था गम्भीर रहेकाे छ। अस्पताल उपचार गराइरोकेकी बुढामगरको ८:१० बजे मृत्यु भएकाे थियाे। टाउकोमा रगत जमेको कारण आइसियुमा उपचार गराइरहेकी ५० वर्षीया बुढामगरकाे आइसियुमै ज्यान गएकाे अस्पताल प्रशासनले जनाएकाे छ।

बुढामगरको ज्यान गएपछि आक्रोशित बनेका आफन्तले अस्पतालले लापरबाही गरेको आरोप लगाउँदै उपचारमा संलग्न डाक्टरलाई सोही कक्षमा प्रवेश गरेर कुटपिट गरेका थिए । उनलाई कुटपिट गरिसकेपछि बाहिर आएर अस्पतालका अन्य डाक्टरमाथि पनि आक्रमण गरेका थिए । कुटपिटबाट उपचारमा संलग्न डाक्टरलाई बढी असर परेको छ । अहिले उनको इमर्जेन्सी कक्षमा उपचार भइरहेको छ । अन्य डाकटरहरुको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति: ३ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्