अमेरिकी दूतावासले डीभी र गैरआप्रवासी भिसा आवेदन नलिने


 


काठमाडौं, चैत ३
नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा(डीभी) र गैरआप्रवासी भिसाका अपोइन्टमेन्टहरु रद्द गर्ने निर्णय गरेको छ। दूतावासले चैत ४ गतेदेखि लागू हुने डीभी र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरु रद्द गर्ने निर्णय गरेको हाे।

काठमाडौंस्थित अमेरिकी दूतावासले सोमबार बिहान प्रेस विज्ञप्तिमार्फत मंगलबारदेखि सबै डीभी र गैरआप्रवासी भिसाका अपोइन्टमेन्ट रद्द गरिने जानकारी दिएको हो।

साथै दूतावासले जरुरी कामले अमेरिकाको यात्रा आवश्यक रहेमा आकस्मिक अपोइन्टमेन्ट लिन सकिने पनि जनाएको छ। आकस्मिक अपोइन्टमेन्टका लागि दूतावासले [email protected] बाट उपलब्ध गराएको निर्देशनको पालना गर्न पनि आग्रह गरेको छ।

प्रकाशित मिति: ३ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्