दुई थान पेस्तोल बरामद, एक जना पक्राउ


 


रौतहट, चैत ३
रौतहटमा दुई थान पेस्तोलसहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलले उक्त दुई थान पेस्तोलसहित यमुनामाई गाउँपालिका ३ राजपुर तुलसीबाट स्थानीय शेष बैतुल्लालाई पक्राउ गरेको हो ।

उनको साथबाट चाइनिज पेस्तोल एकथान, म्याग्जिन एकथान र गोली २ वटा, कटुवा पेस्तोल एउटा र विभिन्न देशका नोट समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं ११ गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले जानकारी दिए ।

प्रकाशित मिति: ३ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्