काठमाडौँमा फेरि भेटियो ८ लाख बढी मास्क, कालोबजारीविरुद्ध प्रहरी आक्रमक!


 


काठमाडौँ, चैत्र ३
काठमाडौँको सतुंगलबाट दुई दिनमा करिब १० लाख सर्जिकल मास्क बरामद भएको छ । प्रहरीले सोमबार बिहान लुकाइरहेको अवस्थामा ८ लाख ४० हजार मास्क बरामद गरेको हो ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वभर सन्त्रास फैलिरहेका बेला काठमाडौंमा मास्कको कृतिम अभाव सिर्जना गर्नेविरुद्ध प्रहरी पछिल्लो समय आक्रामक बनेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले ३ रुपैयाँमा खरिद गरेर ४० रुपैयाँसम्ममा मास्क बिक्री गरेको आशंकामा विशेष अपरेशन चलाएको हो ।

सोही अपरेशन अन्तरुगत रोहित श्रेष्ठको घरमा सञ्चालित आरडीजी इन्टरनेशनल कम्पनीमा छापा मार्दा ठूलो सङ्ख्यामा मास्क बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

आइतबार मात्र प्रहरीले सोही क्षेत्रबाट १ लाख ४० हजारभन्दा बढी मास्क बरामद गरेको थियो । यसअघि प्रहरीले राजधानीको डल्लुबाट ७८ हजार र कपनबाट १ लाख ६८ हजार मास्क बरामद गरेको थियो ।

प्रकाशित मिति: ३ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्