‘कोरोना भाइरसविरुद्ध सबै मिलेर अघि बढौं’


 


काठमाडौं, चैत्र २
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली मुलुकहरुमा कोरोना भाइरसको ठूलो जोखिम रहेको हुँदा सवै मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्स प्रधानमन्त्री मोदीले दक्षिण एसियाली मुलुकमा विश्व जनसंख्याको ५ भागको १ भाग जनसंख्या रहेको र यस क्षेत्रमा स्वास्थ्य क्षेत्रको अवस्था कमजोर रहेकाले जोखिमको सम्भावना अधिक रहेको बताएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले भने,‘सहकार्य गरेर अघि बढ्न जरुरी छ, चिकित्सकहरुका लागि अनलाइन ट्रेनिङ क्यापसुलहरु पनि स्थापना गर्न आवश्यक छ।’

उनले विश्वका विभिन्न मुलुकमा रहेका नागरिकहरुलाई स्वदेश फर्काएको बताए । कन्फरेन्समा छिमेकी नागरिकहरुलाई पनि स्वदेश फर्काएको बताए । उनले भने, ‘विदेशमा रहेका हाम्रा मोबाइल टोली कोरोना भाइरसको संक्रमण रोक्न खटिएका छन् । हाम्रो प्रयासका बावजुद यो प्रकोपले कुन धारण गर्छ भन्ने हामीलाई थाहा छैन ।’

प्रकाशित मिति: २ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्