कोरोना भाइरसविरुद्धको लडाईमा सार्क मुलुक एकै ठाउँमा उभिने प्रतिवद्धता


 


काठमाडौं, चैत्र २
चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड-१९)को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष/प्रधानमन्त्रीबीच भिडियो कन्फरेन्स मार्फत कोरोनाविद्धको लडाईमा सार्क मुलुक एकठाउँमा उभिने प्रतिवद्धता जनाएका छन्।

कन्फ्रेन्समा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक एकताका साथ कोरोनाविरुद्धको लडाई सार्थक हुने बताए। उनले प्रभावकारी रणनीतिका साथ अघि बढ्नुपर्ने बताए। उनको महामारी रोकथामको लागि सचेतनामुलक र विभिन्न उपायहरु अपनाएको बताए। उनले पर्यटकलाई अनअराइभल भिसा रोकेको बताए। वैदेशिक रोजगारमा जानेहरुलाई श्रम स्वीकृति बन्द गरिएको समेत मोदीले बताए। भाइरस रोकथामको लागि समुदायमा सचेतना र परिचालन गर्नुपर्ने उनले बताए।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमा रहेका आफ्ना नागरिकहरुको कुरा पनि सुन्नुपर्ने बताउँदै विदेशमा रहेका करिव १४ सय जनाको उद्वार गरेको बताए। त्यो उद्वारको क्रममा छिमेकी देशका नागरिकलाई पनि सहयोग गरेको उनले बताए। उनले डराएर होइन एकजुट भएर अघि बढ्न आग्रह गरे। उनले कोरोना रोकथामको लागि एक करोड डलर बराबरको आपतकालिन कोषको घोषणा समेत गरेका छन्।

श्रीलंकाका राष्ट्रपति गोतावय राक्षापाक्षेले भाइरस नियन्त्रणको लागि दक्षिण एसियाली देशहरुले आफ्ना उपायहरु एक अर्कामा आदानप्रदान गरेर अघि बढ्नु पर्ने बताए। माल्दिभ्सका राष्ट्रपति इब्राहिम सोलीले क्षेत्रियरुपमा कोरोनाविरुद्ध लड्नुपर्ने बताए। अफगानस्तानका राष्ट्रपति असरफ घानीले साझा लक्ष्यका साथ अघि बढ्नुपर्ने बताए।

बंगलादेशका प्रधानमन्त्री सेख हसिनाले चीनको वुहानबाट २३ जना विद्यार्थी उद्दारमा सहयोग गरेकोमा भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिइन्। उनले क्षेत्रीय एकताका साथ संकरमणमा विरुद्ध लड्नुपर्ने बताइन्। भुटानका प्रधानमन्त्री लोते छिरिङले कोरोनाविरुद्धको लडाइमा एक अर्काबीच छलफल गर्दै अघि बढ्न सुझाए। पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री जाफर मिर्जाले सकारत्मकताको लागि तयारी गर्नुपर्ने बताए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने भन्दै फागुन ३० गते भिडियो कन्फ्रेन्सको प्रस्ताव गरेका थिए।

प्रकाशित मिति: २ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्