विभिन्न जिल्लाका सीडीओहरुको सरुवा


 


काठमाडौं, चैत २
सरकारले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । गृह मन्त्रालय जारी गरेकाे सूचनाअनुसार कास्की, धनुषा, मकवानपुर, अछाम, धनकुटा, सिन्धुली, नवलपरासी पश्चिम, उदयपुर, पाँचथर, सिराहा, बारालगायत जिल्लाका सीडीओको सरुवा गरेको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारीको कारागार व्यवस्थापन विभागको महानिर्देशकका रुपमा सरुवा भएको छ भने उनको ठाउँमा सहसचिव कोश हरि निरौलाको सरुवा भएको छ ।

यस्तै, कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी अध्यागमन विभागको महानिर्देशकको रुपमा सरुवा भएको छ भने कास्कीमा गृह मन्त्रालयका सहसचिव ज्ञान प्रसाद ढकाल नयाँ सीडीओ भएर गएका छन् ।

यस्तै, यस्तै, बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलेको गृह मन्त्रालयमा सरुवा भएको छ भने उनको ठाउँमा उपसचिव रुद्र प्रसाद पण्डितलाई कायममुकायम सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।


प्रकाशित मिति: २ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्