कपिलवस्तुमा १८ किलो चरेस बरामद, ३ जना पक्राउ


 


बुटवल, चैत २
कपिलवस्तुमा १८ किलो चरेशस बरामदसहित ३ जना पक्राउ परेका छन्। शिवराज नगरपालिका वडा नं.५ रहरकोटमा प्रहरीले १८ किलो चरेशसहित ३ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

दाङ हसीपुर गाउपालिका वडा नं.०२ बस्ने वर्ष ३१ को रामतुल मिया दाङकै राप्ती गाउपालिका वडा नं.१ लम्तिया बस्ने वर्ष ४१ को जितमान मिया र रोल्पा सुनछहारी गापा वडा न.२ बस्ने वर्ष ४१ को जपी बुढा पक्राउ परेका हुन्।

शिवराज नगरपालिका वडा नं.५ रहरकोटमा प्रहरीले १८ किलो चरेशसहित उनीहरुलाई पक्राउ गरिएकाे प्रहरी कार्ययालयका प्रहरी नायव उपरिक्षक सुनिल मल्ले बताए ।

प्रकाशित मिति: २ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्