जम्मु–कास्मिरमा प्रहरी र आतंकवादीबीच भिडन्त, चार जना मारिए


 


एजेन्सी, चैत २
भारत प्रशासित जम्मु–कास्मिर क्षेत्रमा भारतीय सुरक्षा बल र आतंकवादीबीच भिडन्त भएको छ । आइतबार बिहान दोहोरो गोलबारीका क्रममा चार आतंकवादी मारिएको खबर समाचार संस्था एएनआईले लेखेकाे छ।

स्थानीय प्रहरीकाअनुसार अनन्तनाग जिल्लाको दियालगाममा सुरक्षा बल र आतंकवाबीच गोलाबारी भएको थियो । आतंकवादी अनन्तनागको दियालगाममा पसेको सूचनापछि सुरक्षा बल उनीहरको खोजीमा हिँडेको थियो । सोही क्रममा भिडन्त भएको हो ।

प्रकाशित मिति: २ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्