धाँधली भएकाे भन्दै विराेधमा उत्रिए ‘खबपु’ का समर्थक


 


काठमाडौं, चैत २
नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को विजेता हिमेश पन्त भएसँगै अर्का प्रतिस्पर्धी खड्गबहादुर पुन मगरका ‘खबपुका’ समर्थकहरु विरोधमा उत्रिएका छन्।

विजेता छनोट निस्पक्ष नभए भन्दै उनका समर्थकहरु विरोधमा उत्रिएका हुन् । खबपुका समर्थकहरु शनिबार ‘फिनाले’ भएको स्थल बाहिर नाराबाजी गर्न थालेका थिए।

नारीबाजी भएपछि कार्यक्रमका निर्णायकमध्ये सन्तोष पन्तले भने, ‘हिमेश पन्तले खबपु भन्दा १० लाख भोट बढि ल्याएका छन् । कसरी खबपु विजेता हुने? यो पनि कुनै तर्क हुन सक्छ? धाँधली कार्यक्रम आयोजकले गरेको भए हामी जजहरु चुप बस्थ्यौ होला त? यो विरोध वेकार हो । भोटिङ कै आधारमा विजेता भएका हुन् हिमेश पन्त ।’

यस विषयमा कार्यक्रम निर्माण पक्षले पनि कुनै किसिमको धाँधली नभएको बताएको छ ।

प्रकाशित मिति: २ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्