बेलायतमा कोरोनाकाे महामारी, २४ घण्टामा १० जनाको गयो ज्यान


 


एजेन्सी, चैत्र २
कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २४ घण्टामा १० जनाले ज्यान गुमाएका छन् । योसहित बेलायतमा कोरोना माहामारीका कारण ज्यान गुमाउनेको संख्या २१ पुगेको छ ।

मृत्यु हुने सबैको कोरोना संक्रमण हुनुअघि नै स्वास्थ्य अवस्था खराब रहेको बेलायतका स्वास्थ्य विभाग प्रमुखले जनाएका छन् ।

बेलायतमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या एक हजार एक सय ४० पुगेको छ । चीनको वहानबाट सुरु भएको सो महामारीले अहिले विश्वव्यापी रुप लिएको छ ।

प्रकाशित मिति: २ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्