प्रधानमन्त्री ओली शिक्षण अस्पताल जाँदै


 


काठमाडौं, चैत्र २
प्रधामन्त्री केपी शर्मा ओली आज फलोअप स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल जाँदैछन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री शर्मा ओली दशौँ दिनमा ‘डिस्चार्ज’ भएर बालुवाटार फर्किएका थिए।। यद्यपि उनलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन सल्लाह दिइएको चिकित्सकहरुले बताएका छन् ।

अस्पतालमा रहँदा पनि उपचारमा संलग्न चिकित्सकबाहेक मिर्गौला दाता समीक्षा र प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई मात्र प्रधानमन्त्रीलाई भेट्न दिइएको थियो । १९ फागुनमा अस्पताल भर्ना भएका उनको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

अस्पतालबाट डिस्र्चाज भए पनि प्रधानमन्त्री ओलीले कम्तिमा ६ महिनासम्म स्वाथ्यमा विशेष ख्यान दिनुपर्ने उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टै व्यवस्था समेत गरिएको छ । प्रधानमन्त्री ओलीले स्वास्थ्यलाई ख्याल गर्दै केही समयसम्म पार्टीका बैठक, क्याबिनेट लगायतका कार्यक्रम बालुवाटरमै गर्ने गरी व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति: २ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्